अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्प र किम जोङ उनबीच फेरि सुरु भयो यस्तो वाकयुद्ध

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच फेरि वाकयुद्ध सुरु भएको छ । साउत चाईना सी को विवाद समाधान गर्नका लागि आफु मध्यस्तकर्ता बन्न तयार रहेको बताउने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत उत्रर कोरियाली शासक किम जोङउनलाई केहि पनि पुड्के र मोटे नभन्ने बताएका छन् ।

उत्तर कोरिायली वदेशमन्त्री शनिबार ट्रम्पलाई युद्ध रुचाउने र बृद्ध ब्यक्ति भनेका थिए । ट्रम्पको आलोचना गर्दै उत्तर कोरियाली विदेशमन्त्रीले प्योङयाङले परमाणु अस्त्रको विकास नरोक्ने पनि बताएका थिए ।

ट्रम्पले उत्तर कोरियालीले आफुलाई किन बुढो भनेर अपमान गरेको होला भन्दै ट्विट गरेका छन् । आफुले उत्तर कोरियाल नेता किम जोङ उनको साथी बनन धेरै नै प्रयास गरेको भन्दै उनले कुनै दिन तयो समभव हुन सक्ने विश्वास पनि सार्वजनिक गरेको छन् ।