खेलकुद

यसरी एकाएक विश्वकप सपनामा वाधक बन्यो स्वीट्जरल्याण्ड

एजेन्सी ।  आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौट हुने उत्तरी आयरल्याण्डको सपना स्वीटजरल्याण्डले पूरा हुन दिएन । प्ले अफ अन्तर्गत दोस्रो लेगमा गोलरहित बराबरीमा सकिएपछि उत्तरी आयरल्याण्ड निराश बन्यो ।

गएको बिहीबार भएको पहिलो लेगमा एक विवादास्पद पेनाल्टीले स्वीटजरल्याण्ड विजयी भएको थियो । ३२ वर्षपछि विश्वकपको नजिक पुगेका बेला एक विवादास्पद पेनाल्टीले आयरल्याण्डको सपना तुहियो ।

पहिलो लेग अन्तर्गत बिहीबार राति भएको खेलमा ५८ औँ मिनेटमा पाएको पेनाल्टी नै स्वीटजरल्याण्डलाई विश्वकपमा लागि प्रयाप्त भयो । डियरिया भित्र ह्याण्ड बल भएपछि स्वीटजरल्याण्डले पेनाल्टी पाएको थियो । तर भिडियोमा हेर्दा प्रष्ट रुपमा बल पाखुरामा लागेको देखिन्छ ।

खेलपछि प्रतिक्रिया दिँदै आयरल्याण्डका खेलाडी र प्रशिक्षकले रेफ्रिबाट निकै ठूलो भुल भएको भन्दै आलोचना गरेका थिए । पहिलो लेगमा भएको कमी कमजोरी सुधारेर दोस्रो लेगमा राम्रो खेल्ने र विश्वकपमा जाने आयरल्याण्डका कप्तान स्टेभेन डेभिन्सले बताएका थिए । तर खेलमा लगातार प्रहार गरे पनि आयरल्याण्ड गोलबाट चुक्यो । सन् १९८६ पछि उत्तरी आयरल्याण्डले विश्वकप खेल्न सकेको छैन ।