पु.समाचार

निर्वाचन आयोगलाई सुरक्षा प्रमुखहरुले दिएको यस्तो आश्वासन

काठमाडौं। निर्वाचन आयोगले रुकुम र रोल्पामा भएका घटनालाई लिएर सुरक्षामा उत्पन्न भएको संवेदनशीलता, निर्वाचन सुरक्षा योजना र समग्र शान्ति सुरक्षाको विद्यमान अवस्थाबारेमा विस्तृतरुपमा छलफल र समीक्षा गरेको छ। प्रतिनिधि सभाका उम्मेदवारमाथि श्रृङ्खलाबद्ध रुपमा आक्रमण भएपछि आयोगले सुरक्षा अंगका प्रमुख बोलाएर छलफल गरेको हो।

बैठकमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, रक्षा मन्त्रालयका सचिव विनोद केसी, निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी सहभागी थिए।

ुउहाँहरुले निर्वाचन सुरक्षा रणनीति प्रस्तुत गर्नुभयोु, प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादबले भने, निर्वाचनका लागि पूर्ण सुरक्षाको प्रबन्धका लागि उहाँहरुले आश्वस्त पार्नुभएको छ।

प्रमुख निर्वाचन आयुक्त यादवको उपस्थितिमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा सुरक्षा निकायले प्रस्तुत गरेको सुरक्षा कार्ययोजना र प्रतिबद्धताबाट राजनीतिक दलका नेता, उम्मेदवार र मतदाताको पूर्ण सुरक्षा प्रदान गर्न सुरक्षा निकाय सक्षम रहेको निष्कर्ष निकालिएको छ।

सोमबारको नागरिकमा लेखिएको छ, बैठकमा रुकुम र रोल्पामा भएको पछिल्लो घटनासहित पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको समीक्षा र मूल्याङ्कन गरिएको यादबले जानकारी दिए।

बैठकमा उम्मेदवार केन्द्रित घटनाहरूलाई नियन्त्रण गर्न सुरक्षा निकायहरूले थप प्रभावकारी कार्ययोजना र प्रयासका साथ परिचालन हुनुपर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त डा।यादवले निर्वाचन सुरक्षा योजना र बैठकमा सुरक्षा निकायहरूबाट प्रस्तुत निर्वाचन सुरक्षा कार्ययोजना र प्रतिबद्धताबाट निर्वाचनको सुरक्षाप्रति आयोग विश्वस्त रहेको बताए।

उनले आगामी दिनमा त्यस्ता घटना नघट्ने र उम्मेदवार तथा राजनीतिक दलका नेताहरूले सुरक्षित रुपमा प्रचार गर्ने वातावरण बन्ने विश्वास आयोगले लिएको बताए।