आर्थिक

एनआईसी एशिया बैंकको नयाँ शाखाहरु जुम्ला र बर्दिबासमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु खोलेको छ । दैनिक रुपमा साखाहरु खोलिरहेको उयस बैंकले चन्दननाथ नगरपालिका वडा नं. ०५, जुम्ला र बर्दिबास नगरपालिका वडा नं ०१, महोत्तरीमा आईतबार एक समारोहका बिच् औपचारिक रुपमा समुद्घाटन गरेको छ । जुम्ला जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष राम दत्त रावलबाट जुम्ला शाखाको र महोत्तरी जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष प्रल्हाद क्षेत्रीबाट बर्दिबास शाखाको औपचारिक रुपमा समुद्घाटन सम्पन्न भएको थियो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।