आर्थिक

गर्भर डा. नेपाल अन्तर्राष्ट्रिय सम्मेलनमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को एसिया तथा प्रशान्त क्षेत्रीय कार्यालय स्थापना भएको अवसरमा आयोजित सम्मेलनमा सहभागी भएका छन् ।

मुद्रा कोष र जापानको अर्थमन्त्रालयले संयुक्तरुपमा आयोजना गरेको ‘एसिया प्रशान्त क्षेत्रका लागि समावेशी तथा दिगो आर्थिक वृद्धि’ विषयक अन्तर्राष्ट्रिय सम्मेलमा गभर्नर डा नेपालले नेपालको प्रतिनिधित्व गरेका हुन् ।

सम्मेलनको पहिलो सत्रमा आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टिन लगार्ड र जापानका अन्तर्राष्ट्रिय मामिलासम्बन्धी जापानका उपअर्थमन्त्री मसासुगु ओसाकावाले सम्बोधन गरेका थिए ।

दोस्रो सत्रमा गभर्नर डा नेपालले नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, नेपाली अर्थतन्त्रको अवसर तथा चुनौती, समावेशी र दिगो आर्थिक विकास तथा पूर्वाधार विकासका लागि नेपालले अपनाएका उपायका बारेमा उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय मुद्रा कोष र जापानले नेपालको विकासमा पु¥याएको र पु¥याउनसक्ने योगदानको प्रशंसा गरे ।

सोही अवसरमा गभर्नर डा नेपाल र आइएमएफका प्रबन्ध निर्देशक लगार्डबीच भेटवार्ता भयो । सो अवसरमा नेपाल र मुद्रा कोषको सम्बन्धबारे वार्ता भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।