कृषि

महोत्तरीको गौशालालाई कृषि शहर बनाइने

महोत्तरी । विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेलले वाम गठबन्धनले पाँच वर्षभित्र नेपालको आधारभूत समस्यालाई समाधान गरेर जनताको मौलिक हकलाई सुरक्षित गर्ने बताएका छन् ।

गौशाला–१० लक्ष्मीनियाँमा आइतबार बिहान आयोजित चुनावीसभालाई सम्बोधन गर्दै महोत्तरी क्षेत्र नं १ मा वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार पोखरेलले भने, “बर्दिवासलाई शैक्षिक शहर र गौशालालाई कृषि शहरका रुपमा परिणत गर्नेछु ।”

बाटो, बिजुली, खानेपानी सिँचाइजस्ता पूर्वाधारका क्षेत्रमा विकास गरी महोत्तरीलाई देशकै नमूना बनाइने प्रतिबद्धता उनले जनाए ।