राजनीति

असन्तुष्ट कार्यकर्ताहरुलाई यसरी फकाउँदैछ कांग्रेस !

काठमाण्डौ । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट टिकट नपाएर अन्य पार्टीबाट चुनाव लडेर असन्तुष्ट बनेका कार्यकर्तालाई कांग्रेस नेता तथा उम्मेदवारले पुनः कांग्रेसमै फर्काउन कसरत सुरु गरेका छन् ।

स्थानीय तह निर्वाचनमा टिकट नपाएर अन्य पार्टिमा गएका पुनः कांग्रेसमै फर्किदा जित सुनिश्चित हुने भएकाले कांग्रेसका उम्मेदवारले आ-आफ्नो निर्वाचन क्षेत्रका असन्तुष्टलार्य फर्काउने कार्यमा लागेको बताईएको छ ।

आइतबारको नागरिकमा लेखिएको छ, स्थानीय तहको चुनावमा कांग्रेसबाट नगरपालिका, गाउँपालिकाको प्रमुख तथा उपप्रमुख र वडा अध्यक्षको लागि टिकट नपाएर धेरै कांग्रेसका पुराना नेता तथा कार्यकर्ता असन्तुष्ट बनेर अन्य पार्टीमा प्रवेश गरी चुनाव लडेका थिए ।