पु.समाचार

मानपदवीका लागी होइन,जनताको सेवाका लागी राजनीति – सुवेदी

चितवन । बाम गठबन्धनबाट चितवन २ (ख) मा उम्मेद्वार बनेका विजय सुवेदीले विकास निर्माणको नेतृत्व चितवनले गर्ने वताएका छन् । आज भरतपुर महानगरपालिका बडा नः १२ मा आयोजित घरदैलो कार्यक्रममा वोल्दै सुवेदीले विभिन्न क्रान्ति र आन्दोलनमा अग्रणी रहेको चितवन विकास निर्माणमा पनि अग्रणी जिल्ला बन्ने वताए । उनले चितवनको बिकासका लागी दिर्घकालिन गुरुयोजना निर्माण भएको वताएका छन् ।
सुवेदीले जनताको सेवाका लागी राजनिती गरेको भन्दै कुनै मानपदवीका लागी राजनीति नगर्ने वताए । सवै नताको साथ लिएर अहोरात्र विकास निर्माणमा खटिने उहांले प्रतिवद्धता जनाए । “सुवेदीले भने–देश निर्माणको युग सुरुभएको छ, ७ सालदेखीको नेपाली जनताको सपना साकार पार्नुछ, विभिन्न क्रान्तीका उपलव्धीलाई संस्थागत गरेर जनताको जिवनमा परिवर्तन ल्याउनुपर्ने छ ।” राजनीतिक परिवर्तनपछी दलहरु मिल्न नसक्दा देशमा विकास निर्माण हुन नसकेको उनले स्पष्ट पारे । सुवेदीले नराम्रो काम गर्ने पार्टीलाई जनताले पाखा लगाउने दावी गरे । सुवेदीले अरुलाई गाली गरेर मात्रै नहुने भन्दै आफैवाट राम्रो कामको सुरुवात गर्नुपर्ने वताए । बाम गठबन्धनले आज भरतपुर १२ का विभिन्न टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।