राजनीति

केपी ओली र पुष्पकमल दाहालमाथि आफ्नै मान्छेले हाने कडा झापड !

काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्रबीच भएको वाम एकता प्रयासका बारेमा यसबेला चौतर्फी बहस भैरहेको छ । वाम एकताबारे कांग्रेस लगायतको विपरित धारले चर्को आलोचना गरिरहेको छ भने एमाले र माओवादी भित्रै पनि असन्तुष्टि देखिएका छन् ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले एमाले र माओवादीबीचको यो गठजोडलाई कम्युनिष्ट अधिनायकवाद ल्याउने दुःस्साहस भन्दै कडा आलोचना गरिरहेका छन् भने वाम एकताकै प्रक्रियामा रहेका पार्टीका कार्यकर्ताहरुले भने यसलाई स्वागत गरिरहेका छन् । यसैक्रममा माओवादी र एमाले निकट भनेर चिनिने एक वाम बुद्धिजीवी एवम् चर्चित लेखक खगेन्द्र संग्रौलाले केपी ओली र प्रचण्डको यो एकतालाई नौटंकी भन्दै कडा टिप्पणी गरेका छन् ।

प्रखर र खरो समालोचकका रुपमा स्थापित संग्रौलाले केपी र पिकेको यो गठबन्धनले नेपालीहरुको हित गर्न नसक्ने र यो नौटंकीमै सिमित रहने संकेत गरेका छन् । लेखक संग्रौलाले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालको यो कदम बोक्रे विशेषतामा आधारित रहेको भन्दै कडा व्यंग्य गरेका छन् ।

उनले ओलीलाई देवदूत र दाहाललाई परम भक्त भन्दै प्रचण्डले ओलीको चाप्लुसी गरेको आरोप लगाएका छन् । लेखक संग्रौलामात्र होइन वाम गठबन्धनभित्रका अन्य बुद्धिजीवि,लेखक र समालोचकहरुले पनि चुनावपछि यी दुई पार्टीबीच हुने भनिएको पार्टी एकताप्रति शंका व्यक्त गर्दै आएका छन् र उनीहरुको पछिल्लो सम्बन्धप्रति कडा टिप्पणी गर्दै आएका छन् ।

यसरी वाम गठबन्धनलाई वौद्धिक र वैचारिक ढंगले संरक्षण र प्रतिरक्षा गर्नुपर्ने तप्काले नै ती दुई पार्टीका नेतृत्वकर्तालाई आलोचनाको पात्र बनाउन थालेपछि कम्युनिष्ट एकताको प्रसंग सपनामा मात्र सिमित रहन सक्ने टिप्पणी एमाले र माओवादीका नेता–कार्यकर्ताहरु गर्न थालेका छन् ।