पु.समाचार

मेलम्ची खानेपानी आयोजनाले एक्कासि नारायणगोपालको सालिक हटाएपछि….

काठमाण्डौ । नारायणगोपल चोकबाट केही समय पहिले रातारात स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको सालिक हट्यो । वरिपरीका सबै चकित परे । करिब एक महिना भइसक्दा पनि सालिक प्रतिस्थापन नहुँदा सर्वसाधारणले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् ।

सालिक हटेपछि नारायणगोपालको नाम लेखिएको पिल्लर उल्टो पारेर सडक छेउमा मिल्काएको तस्विर पनि सामाजिक सञ्जालमा भाइरल भयो । संगीतकर्मीबीच पनि हलचल मच्चियो ।

प्रस्तोता समाजका अध्यक्ष तुलसी पराजुलीले सरकारी स्रोतसँग कुराकानी गरिरहेको बताए भन्दै शनिबारको अन्नपूर्णमा समाचार लेखिएको छ ।