शिक्षा

परीक्षा रद्ध गर्न सर्वोच्च अदालतमा रिट दायर

काठमाण्डौ । अस्थायी शिक्षकलाई आन्तरिक रुपमा परीक्षा गराएर स्थायी बनाउने प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । शिक्षा ऐन नवौं संशोधनको व्यवस्था खारेजीको मागसहित नमोबुद्ध नगरपालिका काभ्रेका शिवप्रसाद पाण्डेले रिट हालेका हुन् ।

रिटमा ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा हुँदा दक्ष स्थायी अध्यापन अनुमतिपत्र लिई बसेका ७ लाख भन्दा बढी योग्य उम्मेदवारहरु वञ्चित हुने भन्दै सो व्यवस्था खारेज गर्न माग गरिएको छ ।

शनिबारको नेपाल समाचारपत्रमा लेखिएको छ, संशोधनमा २०७२ असोजभन्दा पछाडिकालाई परीक्षामा वञ्चित गराइएकाले पनि अहिले तोकिएको परीक्षा रद्द गर्न माग गरिएको छ ।