आर्थिक

एनआईसी बैंकको २ नयाँ शाखाहरु दार्चुला र ओखलढुङ्गामा

काठमाण्डौ । साखाहरु खोलेर जनतासम्म बैंकमा पहुंच पुर्याउन सफल बनदै गएको एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु उद्घाटन गरेको छ । महाकाली नगरपालिका वडा नं. ०४, दार्चुला र सिद्घिचरण नगरपालिका वडा नं १२, ओखलढुङ्गामा शुक्रबार एक समारोहका बिच् समुद्घाटन गरेको छ । महाकाली नगरपालिकाका मेयर हंस राज भट्टबाट दार्चुला शाखाको र ओखलढुङ्गा जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केबाट ओखलढुङ्गा शाखाको समुद्घाटन सम्पन्न भएको थियो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।