आर्थिक

एनआईसीको नयाँ शाखा रुकुमको मुसिकोटमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको नयाँ शाखा मुसिकोट न.पा. वडा नं. ०५, बागबजार, स्थित रुकुम शाखाको एक समारोहका बिच रुकुम जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष टेक बहादुर पुनज्बाट विधिवत् समुद्घाटन सुसम्पन्न भएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

पछिल्ला समयमा साखाहरु खोलेर बढी भन्दा बढी जनतासम्म पुर्याउन बैंक सफल हुंदै गएको छ ।