खेलकुद

राइनो गोल्डकप प्रतियोगिताको उपाधि संकटा क्लबलाई

नवलपरासी । नवलपरासीमा सम्पन्न राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लब काठमाडौंले जित्न सफल भएको छ । बिहीबार नेपाल एपिएफसँग भएको फाइलन खेलमा संकटा क्लब काठमाण्डौं विजयी भएको हो ।

निर्धारित समयसम्म दुवै समूहबाट एकरएक गोलको बराबरी भएपछि खेल ‘ट्राइबेकर’मा धकेलिएको थियो । निर्धारित समयको ७१ मिनटमा एपिएफका जर्सी नं २७ का हरि कार्कीले पहिलो गोल गरेका थिए भने खेलको ७६ मिनटमा संकटाका जर्सी नं १० का विदेशी मूलका खेलाडी मार्टिन अजाजले गोल गरेपछि निर्धारित समयमा दुवै तर्फबाट एकरएक गोल भएको थियो । खेल ट्राइबेकरमा समेत चार÷चार गोल भएपछि खेल ‘सडन डेथ’मा प्रवेश गरेको थियो ।

सडन डेथमा नेपाल एपिएफका खेलाडी टोप विष्टले प्रहार गरेको बल संकटाका गोल्डकिप्पर विनय श्रेष्ठले गोल हुनबाट जोगाएपछि संकटा राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता–२०७४ को विजेता बन्न सफल भएको हो । खेलको विजेता टोलीले नगद रु पाँच लाख २५ हजार ५५५, प्रमाणपत्र तथा सिल्डसहित एक दिनको होम स्टेसमेत चितवन राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण गर्ने अवसर पाएका छन् भने उपविजेता टोलीले नगद रु दुई लाख ५० हजार ५५५, प्रमाणपत्र तथा सिल्ड प्राप्त गरेका छन् ।

राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली र ‘ए’ डिभिजनका क्लब टोलीहरु समावेश रहेका थिए । विजेता तथा उपविजेता टोलीलाई वन तथा भूसंरक्षण मन्त्रालयका सचिव युवध्वज जिसीले नगद, सिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए । काठमाडौँ उपत्यका बाहिरकैै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल गत कात्तिक १३ गतेबाट शुरु भएको थियो । देश–विदेशमा गैँडा संरक्षणको सन्देश दिन प्रतियोगिता आयोजना गरिएको हो ।