खेलकुद

रोनाल्डोले नेइमारको गोप्य खबर थाहा पाएपछि…..

एजेन्सी । विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका नेइमार क्लबमा खुशी नरहेको खबर आएको छ । नेइमार यहि सिजन बार्सिलोनाबाट पिएसजी गएका हुन् ।

नेइमार पिएसजीमा खुशी नरहेको र रियल मड्रिडले नयाँ खेलाडी खोजी रहेको अवस्थामा नेइमारको आँखा रियलमा रहेको स्पेनिस अनलाइन डायरिओ गोलले दाबी गरेको छ ।

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो यसबारे जानकार रहेको र नेइमार क्लब आएमा आफ्नो स्थान लिन सक्ने भन्दै रोनाल्डो त्यो अवस्था आउन नदिनका लागि प्रयासरत रहेको खबरमा दाबी गरिएको छ ।

रोनाल्डोले नेइमारको पिएसजीमा अवस्था र उनको मनसायबारे रियल मड्रिडका ब्राजिलियन खेलाडी मार्सेलो मार्फत थाहा पाएका हुन् ।