आर्थिक

ग्लोबल आईएमई बैंकले गर्यो तालिम संचालन गर्न सम्झौता

काठमाण्डौ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र ग्लोबल आइएमई बैंकबिच मंगलबार तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार एनबीआईले ग्लोबल आइएमई बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । ग्लोबल आइएमई बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट रु ६१ लाख बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।
उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा बीच हस्ताक्षर भएको छ ।