राजनीति

पञ्चायतले ट्वाईलेटमा थुनेका काँग्रेस नेता खड्का !!

काठमाण्डौ । २०१५ सालमा भोजपुरामा जन्मिएका कृष्ण बहादुर खड्का आफना् जिल्लाबाट प्रतिनिसिभामा समानुपातिकतर्फ सिफारिस भए तर उनलाई समानुपाितकको पार्टीको अन्तिम बन्दसूचीम पारेन ।

२०३१ सालबाट काँग्रेसमा सकृय रहेका खड्का आफूलाई त्यसबेला मण्डलेले साह्रै दुःख दिएको बताउछन् । ०४२ सालमा सत्याग्रहका बेला प्रदिप शम्सेर जबरा नेपाल प्रहरीका डीएसपी हुंदा ट्वाईलेटमा थुनिएको स्मरण गर्छन्, जबरा पछि आईजीपी भएर रिटायर्ड भईसकेका छन् । खड्का चाकडी चाप्लुसीलाई मन नपराउने नीडर स्वभाबका भएका कारण नेतृत्वले भने मन पराएनन् र बन्दसूचीम राखेनन् ।
काठ्माण्डौको बानेश्वर हाईटमा भाडाको घरमा दुई छोरा र श्रिमितका साथ बस्ने खड्का आर्थिक रुपमा साह्रै सँकटग्रस्त जिबन जिउन बाध्य छन् । काँग्रेसले बीपी कोईरालाको बाटो बिर्सेकोमा चिन्तित छन् । उनी मन्त्री, साँसद बन्न आफू चाकडी नगर्ने अडानमा यथावत देखिन्छन् ।
पार्टीलाई योगदान गरेका नेताहरुलाई काँग्रेसले स्थान नदिदा पार्टीमा डनबाद र धनबाद हावी भएकोमा उनी चिन्तित छन् । काँग्रेसमा बेला बेला आन्तरिक शल्यकृया गर्ने आवाज उठेपनि नाताबाद कृपाबादले गाँजीएका कारण पनि असफल बन्दै गएको छ, पार्टीलाई शुद्धिकरण गर्न आवश्यक रहेको बताउछन् ।