सूचना प्रविधि

नेपाल टेलिकमले विभिनन प्रमोसनल अफरहरुलाई दियो थप तीन महिनाको लागि निरन्तरता

नेपाल टेलिकमले ग्राहकलाई समय समयमा उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । उपभोक्ताहरुले अत्यधिक रुपमा रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको हो । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो अफर आगामी २०७४ माघ २४ गते सम्म कायम रहनेछ ।

१. अल टाइम डाटा प्याकेज

जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । अल टाइम डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २० एमबी डाटा उपलब्ध गराइएको छ । त्यसैगरी २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ । ५० रुपैयाँमा १५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १२५ एमबी डाटा, १ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४०० एमबी डाटा, २०० रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ८५० एमबी डाटा र ३०० रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५०० एमबी डाटा उपलब्ध गराइएको छ ।

२. नाइट डाटा प्याकेज

जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा नाइट डाटा प्याकेज प्रयोग गर्न सकिन्छ ।  नाइट डाटा प्याकेज अन्तर्गत १५ रुपैयाँमा १५० एमबी डाटा ३ दिन सम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ४५ रुपैयाँमा ५०० एमबी डाटा ७ दिन सम्म र ९० रुपैयाँमा १२०० एमबी डाटा १५ दिनसम्म चलाउन पाइने छ । यो वाहेक २०० रुपैयाँमा ३ जीबी डाटा र ३०० रुपैयाँमा ६.५ जीबी डाटा ३० दिनसम्म चलाउन पाइने छ । नाइट डाटा प्याकेज राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ ।

३. फोरजी डाटा प्याक

कम्पनीले जिएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा पहिले देखि नै उपलब्ध गराइरहेको फोरजी डाटा प्याकलाई पनि निरन्तरता दिएको छ । यस अनुसार ५० रुपैयाँमा २०० एमबी डाटा ७ दिनका लागि र १०० रुपैयाँमा ५०० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी २०० रुपैयाँमा १२०० एमबी, ३०० रुपैयाँमा २००० एमबी र ५०० रुपैयाँमा ३६०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ । उपरोक्त फोरजी डाटा प्याक फोरजी नेटवर्क भएका स्थानहरुमा फोरजी मोबाइल सेट भएका ग्राहकहरुलाई लक्ष्यित गरी ल्याइएको हो । तथापि भ्वाइस कल हुँदाको समयमा प्राविधिक रुपमा थ्रिजीमा फलब्याक हुने हुँदा उक्त समयमा प्रयोग गर्न मिल्ने गरी प्रत्येक फोरजी डाटा प्याकमै ३० प्रतिशत डाटा भोल्युम टुजी/थ्रिजी नेटवर्कमा समेत प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ । टुजी/थ्रिजी नेटवर्कमा प्रयोग नभएको अवस्थामा भने फोरजी डाटा प्याकको पुरै भोल्युम फोरजी नेटवर्कमै प्रयोग गर्न सकिने छ ।

४. नाइट भ्वाइस प्याक

नाइट भ्वाइस प्याक अन्तर्गत २५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म २५० मिनेट कल सुविधा सात दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराइएको छ ।

५. सियुजी प्याकेज

कम्पनीले पहिले देखि नै उपलब्ध गराउदै आएको सियुजी प्याकेजलाई पनि निरन्तरता दिएको छ । कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी कर सहित ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सियुजी प्याकेजहरु उपलब्ध गराइएको छ । सबैभन्दा सस्तो प्याकेज ४०० रुपैयाँमा उपलब्ध हुनेछ । यस अन्तर्गत सियुजी ग्रुप भन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन पाइने छ । त्यसैगरी ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न र ८०० एमबी डाटा चलाउन सकिने छ । यो वाहेक १००० रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न र १५०० एमबी डाटा चलाउन, १३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न र २१०० एमबी डाटा चलाउन तथा १६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न र २७०० एमबी डाटा चलाउन पाइने छ । सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरु बीचमा भने असीमित भ्वाइस कल गर्न सकिने छ । जिएसएम पोष्टपेड कर्पोरेट ग्राहकहरुलाई लक्ष्यित गरी कम्पनीले यो प्याकेज उपलब्ध गराएको हो । कुनै कर्पोरेट हाउसका कमसेकम १० जना जिएसएम पोष्टपेड प्रयोगकर्ता यो प्याकेजमा सहभागी हुन सक्ने छन् ।

६. फेसबुक/इन्स्टाग्राम डाटा प्याक

फेसबुक/इन्स्टाग्राम डाटा प्याक अन्तर्गत २५ रुपैयाँमा ११० एमबी डाटा ७ दिन र ५० रुपैयाँमा २३० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी १०० रुपैयाँमा ५०० एमबी डाटा र २०० रुपैयाँमा ११०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।
७. वाउटाइम प्रमोसनल सब्स्क्रिप्सन प्याक

जिएसएम मोबाइलमा लाइभ भिडियो स्ट्रिमिङ सेवाका लागि कम्पनीले गत असोज ३ देखि हालसम्म निःशुल्क उपलब्ध गराउदै आएको वाउटाइम (WOWTIME) एप्समा प्रमोसनल सब्स्क्रिप्सन अफर उपलब्ध गराइएको छ । अफर अन्तर्गत १ दिनका लागि २४ रुपैयाँ, ७ दिनका लागि ९० रुपैयाँ र ३० दिनका लागि २५० रुपैयाँका विभिन्न सब्स्क्रिप्सन प्याकेज उपलब्ध गराइएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसारको प्याकेज खरिद गरी सो एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सक्ने छन् ।

८. स्ट्रिमिङ प्याक

(युट्युब/टिभी/भिडियो)जिएसएम प्रिपेड/पोष्टपेड मोबाइलका लागि स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब, टिभी र भिडियो चलाउन सकिने भएको छ । यस अन्तर्गत १०० रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५०० एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ ।
९. भ्वाइस (Voice) प्याक :

जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेटको प्याकेज ३ दिन अवधिका उपलब्ध छ । ५० रुपैयाँमा ५ दिनका लागि ७५ मिनेट, १०० रुपैयाँमा १० दिनका लागि २०० मिनेट, २०० रुपैयाँमा २० दिनका लागि ४२५ मिनेट, ३०० रुपैयाँमा ३० दिनका लागि ६५० मिनेट र ५५० रुपैयाँमा ६० दिनका लागि १२०० मिनेट कल उपलब्ध गराइएको छ । सो कल नेपाल टेलिकमको नेटवर्क भित्रका लागि मात्र उपलब्ध हुनेछ । डाटा र भ्वाइस तथा फोरजी प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्ने छ ।

१०. एडिएसएल/एफटिटिएच डाटा प्याक

नेपाल टेलिकमले एडिएसएल/एफटिटिएच सेवाका ग्राहकहरुका लागि उपलब्ध गराएको प्रमोसनल अफरलाई पनि निरन्तरता दिएको छ । अफर अन्तर्गत १ एमबिपीएससम्म गतिको एडिएसएल इन्टरनेट कर सहित मासिक रु. १०००।– मा उपलब्ध हुनेछ । त्यसैगरी भोल्युम बेस्ड एडिएसएल अन्तर्गत १५ जीबी डाटा रु. ३००।– मा उपलब्ध हुनेछ । त्यसैगरी २५ जिबी डाटाको रु. ५००।– र ४० जिबी डाटाको मूल्य रु. ७००।– तोकिएको छ । यी डाटाको गति १ एमबिपीएस सम्म हुनेछ । यी सबै डाटा एक महिनासम्म प्रयोग गर्न सकिने छ । भोल्युम बेस्ड डाटाको लागि कर वाहेक रु. ३००।– र अनलिमिटेड डाटाको लागि रु. २००।– दर्ता शुल्क तोकिएको छ । यस्तै १० एमबिपीएस गतिको एफटिटिएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २४० जिबी, ६ महिनाका लागि ५०० जिबी र १२ महिनाका लागि १२०० जिबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य कर बाहेक क्रमशः रु. ५,१६०।–, ९,१२०।– र १८,२४०।– छ ।  त्यसैगरी १०० एमबिपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जिबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याकेज कर बाहेक रु. २३,०४०।– मा खरिद गर्न सकिन्छ ।
माथि उल्लेख गरिएका अन्य दरहरु भने करसहितका हुन् ।