राजनीति

तलब नलिने घोषणा गरी देशको विकासमा लाग्ने कांग्रेसका उम्मेदवार

मंगलबारे । इलाम निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश नं १ बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका डम्बर खड्काले आफूले जितेको खण्डमा सरकारी तलब भत्ता नलिने घोषणा गरेका छन् ।

उनले इलाम सदरमुकाममा मंगलबार पत्रकार सम्मेलन गर्दै प्राप्त सेवा सुविधामा आफूले अझ थपेर वृद्धवृद्धालाई प्रदान गर्ने घोषणा गरे ।

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका खड्का निर्माण व्यवसायी छन् । हालसम्म विभिन्न धार्मिक संघ संस्थामा व्यक्तिगत रुपमा सहयोग गर्दै आएका खड्का समाजसेवीको रुपमा समेत परिचित छन् ।

उनले भने, “मलाई कुनै पनि सरकारी पैसाको लोभ छैन । म समाजको लागि सेवा गर्न राजनीतिमा होमिएको हुँ ।” आफूलाई आवश्यक रकम निर्माण व्यवसायबाट नै प्राप्त हुने भन्दै खड्काले देशको विकासमा आफू लगातार लागिरहने प्रतिबद्धता समेत जनाए ।