स्वास्थ्य

डा. गोविन्द केसीले मागे राष्ट्रपति भण्डारीसँग यस्तो सूचना

काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै संघर्ष गर्दै आइरहेका डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशबारे सूचना माग्दै राष्ट्रपति कार्यालयमा निवेदन दिएका छन्।

डा। केसीले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ जारी गर्ने सम्बन्धमा कार्तिक ६ गतेको मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रपति समक्ष सिफारिस भए बमोजिम राष्ट्रपति ज्यूबाट उक्त अध्यादेश जारी भएको छ वा छैन ? यदि जारी भएको छैन भने के कारणले जारी नभएको होरु भन्दै संविधानले प्रत्याभुत गरेको सूचनाको हकको प्रयोग गर्दै निवेदन दर्ता गराएका हुन्।

उनले अध्यादेश जारी नहुने आसय सहित राष्ट्रपति कार्यालयका केही अधिकारीहरुले दिएको अभिव्यक्तिको आधिकारीकता के हो ? भन्दै प्रश्न समेत गरेका छन् भन्दै बुधबारको नागरिकमा समाचार लेखिएको छ ।