पु.समाचार

विनोद चौधरीले पाए कांग्रेसमा महत्वपूर्ण जिम्मेवारी

काठमाडौं । नेपाली काँग्रेसको समानुपातिक सूचीमा मधेसी आरक्षणबाट उम्मेदवार रहेका व्यापारी विनोद चौधरी निर्वाचन परिचालन समितिमा मनोनित भएका छन्। पार्टीले मंगलबार गठन गरेको ७५ सदस्यीय चुनाब प्रचार तथा परिचालन समितिमा उनको नाम परेको हो।

बुधबारको नागरिकमा लेखिएको छ,  चौधरी नेपालका एक मात्र फोर्ब्स म्यागेजिनको सूचीमा रहेका अर्बपति हुन्। यसअघि उनी एमाले सांसद थिए। पार्टी त्यागको हल्लै नगरी काँग्रेसबाट समानुपातिकतर्फबाट मधेसी आरक्षणमा परेका उनको भूमिका अब चुनाबी रणनीति बनाउन समेत हुने भएको छ। समानूतिक सूचीको ९० अाै‌ं नम्बरमा रहेका चाैधरीको नाम निर्वाचन परिचालन समितिको ३४ अाैं नम्बरमा छ।

काँग्रेस नेता बालकृष्ण खाँडको संयोजकत्वमा गठित समितिमा क वर्गका निर्माण व्यवसायी जिपछिरिङ लामा पनि छन्।