आर्थिक

सिटिजन्स बैंकको ६६औं शाखा महोत्तरीको औरहीमा

संघीयतालाई दह्रो बनाउन र स्थानीय तहबाटै सेवा दिनको लागि बैंकिङ क्षेत्रहरु, ७६६ वटै स्थानीय तहमा पुग्नुपर्ने नियमननिकाय र सरकारको चाहनाअनुसार नेपालको बैंकिङ्ग क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल रहेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६६औं शाखा महोत्तरीको औरहीमा संचालनमा ल्याएको छ ।

आज मंगलबार यस बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका छन् । उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकमहानुभावहरुलाई देशैभरी फैलिएका यस बैंकको ६६ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदानगर्दै आएको छ ।

साथै आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्नकिसिमकानिक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले  श्री प्रसाद सिंह उच्चमाध्यमिकविद्यालयलाई २थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

उक्तहस्तान्तरण बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत बोधराज देवकोटा र औरहीनगरपालीकाका मेयर सुनिल यादवले संयुक्त रूपमा गरेका छन् । उक्त शाखाका इन्चार्ज सन्दिप अधिकारीेले यस क्षेत्रमा कृषिकर्जा , पशु पालन, तथा अन्यव्यवसायिक क्षेत्रमा प्रश्स्त लगानी गर्ने बैंकको उदेश्य रहेको जानकारी दिए ।

मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्यगर्नका निम्ति अब आउने निकट भविष्यमानै बैंकले दांङको बंगलाचुलीमा थप शाखा संचालनगर्ने योजना अगाडी सारेको कुरा बैंकका नायव प्रमुखकार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले जानकारी गराएका छन् ।