आर्थिक

एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु गौरादह र तरहरामा

काठमाण्डौं । एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु, गौरादह नगरपालिका वडा नं. ०३, झापा र ईटहरी उप– महानगरपालिका वडा नं २०, तरहरा, सुनसरीमा साेमबार एक समारोहकाबिच् समुद्घाटन सुसम्पन्न भयो ।

गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहबाट गौरादह शाखाको र ईटहरी उप– महानगरपालिकाका मेयर द्वारिकलाल चौधरीबाट तरहरा शाखाको समुद्घाटन सम्पन्न भएको थियो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखाको समुद्घाटनसँगै हाल यस बैंकलेअधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकमहानुभावहरुमा सेवाप्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।