आर्थिक

सिटिजन्स बैंकको ६५ औं शाखा झापाको हल्दिबारीमा

काठमाण्डौं । संघीयतालाई दह्रो बनाउन र स्थानीय तहबाटै सेवादिनको लागि बैंकिङ क्षेत्रहरु, ७६६ वटै स्थानीयतहमा पुग्नुपर्ने नियमननिकाय र सरकारको चाहना अनुसार नेपालको बैंकिङ्ग क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल रहेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६५औं शाखा झापाको हल्दिबारीमा संचालनमा ल्याएको छ ।

आज मिति २०७४ साल कार्तिक २० गते यस बैंकका सहायकप्रमुखकार्यकारी अधिकृत श्री बोधराज देवकोटाले पूजापाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गर्नुभएको छ । उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।यस बैंकले ग्राहकमहानुभावहरुलाई देशैभरी फैलिएका यस बैंकको ६५ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहितआधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदानगर्दै आएको छ ।

साथै आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमकोनिक्षेप तथा कर्जा सुविधाहरुसाथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ । उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले श्री लक्ष्मी माध्यमिक विद्यालय र श्री सान्ती प्राथामिक विद्यालयलाई १/१ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्तहस्तान्तरण बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत श्री बोधराज देवकोटा र हल्दिबारी गाँउपालिका अध्यक्ष श्री रविन्द्र लिङदेनले संयुक्त रूपमा गर्नु भएको छ । उक्त शाखाका इन्चार्ज श्री दुर्गा बहादुर कार्कीले यस क्षेत्रमा कृषिकर्जा , पशु पालन, चियाखेती तथा अन्य व्यवसायिक क्षेत्रमा प्रश्स्त लगानीगर्ने बैंकको उदेश्य रहेको जानकारी दिनुभयो ।

मुलुक संघीय प्रणालीमा गएसंगै अबदुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्यगर्नका निम्ति अब आउने निकट भविष्यमा नै बैंकले ,महोतरीको औरही ,र दांङको बंगलाचुलीमा थप शाखा संचालनगर्ने योजना अगाडी सारेको कुरा बैंकका नायवप्रमुखकार्यकारी अधिकृत तथा प्रवक्ता श्री गणेश राजपोखरलले जानकारी गराउनु भएको छ ।