खेलकुद

आन्द्रेया पिरलोले लिए फुटबलबाट सन्यास

एजेन्सी ।  इटालीका पूर्व मिडफिल्डर आन्द्रेया पिरलोले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलबाट यसअघि नै सन्यास लिएका पिरलोले क्लब फुटबलबाट पनि सन्यासको घोषणा गरेका हुन् ।

३८ वर्षका पिरलोले न्युयोर्क सिटीका लागि अन्तिम खेल खेलका छन् । इटालीबाट एक सय १६ खेल खेलेका पिरलोले सन् २००६ मा राष्ट्रिय टिमलाई विश्वकप फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । पिरलोले इन्टर मिलान, एसी मिलान र युभेन्टसबाट खेलेका छन् ।

उनी दुई वर्षअघि मेजर लिग सकर ब्लब न्युयोर्क सिटी गएका हुन् । पिरलोले ट्वीटर मार्फत सन्यासको घोषणा गर्दै आफूले खेलेका सबै क्लबबाट खेल्न पाउनु सम्मानको कुरा रहेको बताएका छन् ।