पु.समाचार

कांग्रेस नेता प्रदिप गिरीको क्षेत्रमा रोमाञ्चक भीडन्त हुँदै

सप्तरी । जिल्लाको क्षेत्र १ मा वाम गठबन्धन र कांग्रेसबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ । स्थानीय तह निर्वाचनको गरिणामलाई आधार मान्दा यो क्षेत्रमा वाम गठबन्धन बलियो छ तर कांग्रेसको हेभीवेट उम्मेदवारका कारण प्रतिस्पर्धा रोचक हुने भएको हो ।
कांग्रेसबाट नेता प्रदीप गिरीले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका छन् । विगतमा उनले क्षेत्र ४ बाट उम्मेदवारी दिने गरेका थिए ।यसपटक गिरीले जन्मथलो रोजेका छन् ।

वाम गठबन्धनबाट एमालेका केन्द्रीय सदस्य गंगाप्रसाद यादवको उममेद्वारी परेको छ । राप्रपाका केन्द्रीय सदस्य तथा स्थानीय स्तरमा अत्यन्त लोकप्रिय लगनलाल चौधरी पनि एमाले प्रवेशपछि वाम गठबन्धनलाई झनै फाईदा पुगेको छ भन्दै मंगलबारको अन्नपूर्णमा समाचार लेखिएको छ ।