राजनीति

वाम गठबन्धनकै विद्यार्थी संगठनका नेताबीच मारामार, भयो सांघातिक आक्रमण

डोल्पा । डोल्पाको मुड्केचला गाउँपालिका साविकको कालिका गाविसका युवा सघंका अध्यक्ष रुद्रबहादुर शाही माथि सांघातिक आक्रमण भएको छ । एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले आयोजना गरेको चुनाव प्रचारप्रसार कार्यक्रम लगत्तै संघका अध्यक्ष शाहीमाथि आक्रमण भएको हो ।

चुनाव प्रचारप्रसार कार्यक्रम सकिए लगत्तै शाहीमथि माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु (कान्तिकारी) का सचिव टक्कबहादुर शाहीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

कालिका गाउँ कमिटीका अध्यक्ष रुद्रबहादुर शाही गम्भीर घाईते भएका छन् । आक्रमण गर्ने टक्कबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मंगलबारको कान्तिपुरमा लेखिएको छ, राजधानीस्थित एक अस्पतालमा उनको उपचार भइरहेको छ ।