पु.समाचार

केपी ओली र प्रचण्डलाई आफ्नै नेताले दिए खतरनाक संकेत

रोल्पा । नेकपा माओवादी केन्द्रका नेता एवं विना विभागीय मन्त्री कृष्णबहादुर महराले बाम गठबन्धन एकता सम्म पुग्ने दावि गरेका छन् । ‘बाम गठनबन्धन एकता सम्म जान्छ । अब पछि हट्ने स्थिति छैनु गृह जिल्ला आएका नेता महराले सोमबार लिबाङमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘एकताबाट पछि हट्ने हो भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी वली ड्यामेजड हुनुहुन्छ ।

बाम एकता हुनेमा आशंका रहेकोबारे पत्रकारले राखेको जिज्ञासमा नेता महराले भने, ‘बाम एकता नभए वली र प्रचण्ड मात्र ड्यामेजड हुने होइन, दुवै पार्टीका दोस्रो पुस्ताका नेतालाई समेत पचास वर्षपछि ढकेल्नु हुन्छ । चुनावपछि मुलुकमा स्थिरता र आर्थिक स्मृद्धिको बाटो खुला हुने बताए ।

स्थिर सरकार र संविधान कार्यन्वयनका लागि बाम एकता आवश्यक रहेको पनि उल्लेख गरे । ‘एकताको विकल्प छैन तर एकताका लागि पर्याप्त वहस आवश्यक छ ।, नेता महराले भने, संयोजन समिति बनेको छ, लामो समय अलगअलग रहेका दुई पार्टीबीच सैद्धान्तिक, वैचारिक, राजनीति र सांगठिनक बहस पर्याप्त हुन बाँकी नै छ।

बाम गठबन्धले नेपाली कांग्रेस लगायतका कतिपय शक्ति अत्तालिएको समेत नेता महराले दावी गरे । कम्यूनिष्टले एक दलिय अधिनायकवाद लाड्ने भ्रमको प्रचार गरिरहेको पनि बताए । ‘हामी संविधानको कार्यन्वयन, लोकतन्त्र र प्रतिस्पर्धात्मक राजनीतिमा हामी प्रतिवद्ध छौं । कोही नतर्सिए हुन्छ । उनले भने । दुवै चरणको चुनाव निश्चित भइसकेको बताउँदै नेता महराले बामगठबन्धनको पक्षमा चुनावी माहौल बन्दै गएको जिकिर गरे । बाम गठनबन्धले दुईतिहाई मत ल्याएर राजनीतिक स्थिरता ल्याउने उनले दावी गरे ।

‘चुनावपछि राजनीति संक्रमणको पनि अन्त्य हुन्छ । नेता महराले भने ।मुलुकमा लोकतान्त्रिक शक्ति र बामबीच धु्विकरण हुँदै गएको दावी गर्दै नेता महराले अन्तराष्ट्रिय चलखेल पनि कम हुँदै जाने विश्वास व्यक्त गरे । सरकारबाट बाहिरिरहन आवश्क नभएको नेता महराले बताए । मंगलबारको अन्नपूर्णमा लेखिएको छ, चुनाव हुन नदिने चलखेलका कारण सरकारमै रहिरहेपनि सरकार बाहिर जस्तै भएको अनुभूति राखे ।

‘चुनाव निश्चित भई सक्यो । तैपनि कतै भाड्न सकिन्छ कि भन्ने मनसाय अहिले पनि एक/दुई प्रतिशत कतिपयमा छ ।, प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै नेता महराले भने । सरकारबाट बाहिरिने बारे पार्टीमा छलफल भइरहेको पनि बताए । नेता महराले विप्लवको चुनाव खारेजीको राजनीति धराप परेको दावी गरे ।

नेकपाका थुप्रै हस्ती नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरिरहेको सन्दर्भ जोड्दै नेता महराले भने, ‘चुनाव खारेज गर्ने भन्ने विप्लवकै पार्टी नै खारेज हुने अवस्थामा छ । विप्लवजिको राजनीति वेमौसमी धार भएको छ । नेकपाको चुनाव खारेज अभियानले अर्थ नराख्ने जिकिर पनि गरे ।

एमाले र तत्कालिन जनमोर्चाबीच तालमेल २०४८ सालको निर्वाचनमा नेता महरा गृह जिल्लाबाट नै उम्मेदवार बनेर विजयी भएका थिए । २६ वर्षपछि पुनः बाम गठबन्धन भएका बेला भने छिमेकी दाङबाट नेता महरा प्रतिनिधि सभाको उम्मेदवार बनेका छन । पोलि टेक्निकल इन्सीच्यूट उद्घाटन गर्न गृह जिल्ला आएका बेला सम्पन्न पत्रकार सम्मेलनमा नेता महराले समानुपातिकमा हसियाँ हथौडा वा सूर्यमा मतदान गर्न आव्हान समेत गरे ।