राजनीति

पुष्पकमल दाहालका पूर्ब-स्वकीय सचिब एबम् निर्बाचित वडाध्यक्षसहित दर्जनौं माओवादी नेता काँग्रेसमा

काठमाडौँ । डडेलधुराका केही माओवादीका प्रभावशाली नेताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडाध्यक्ष चेतराज भट्टलगायत माओवादी केन्द्रका विभिन्न निकायका पदाधिकारीलाई काँग्रेस सदस्य दिएर प्रवेश गराएका हुन् । काँग्रेसमा प्रवेश गर्नुभएका भट्ट गत स्थानीय चुनावमा माओवादी केन्द्रबाट गन्यापधुरा–४ बाट अध्यक्षमा निर्वाचित भएका थिए । उनीयसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनको स्वकीय अधिकृतसमेत थिए । उनीमाओवादी केन्द्र डडेलधुराका जिल्ला सदस्यसमेत हुन् ।

त्यस्तै डडेलधुराकै वाइसिएल नेपालका केन्द्रीय सदस्य इन्द्रबहादुर कठायत तथा गन्यापधुरा गाउँपालिका–४ का सदस्य नरजित भुल र वीरबहादुर भुल पनि काँग्रेस प्रवेश गरेका छन् । डडेलधुराका माओवादी केन्द्रका अगुवा कार्यकर्ता मानबहादुर धानुक, गोपाल खत्री, मीनराम साउद र धनीलाल पाल पनि काँग्रेस प्रवेश गरेका छन् ।