राजनीति

वाम गठबन्धन मुलुकमा अधिनायकवाद लाद्ने रणनीति – कानुनमन्त्री थापा

पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले नेकपा(एमाले) र नेकपा९माओवादी केन्द्र०बाट बनेको वाम गठबन्धन मुलुकमा अधिनायकवाद लाद्ने रणनीति भएको टिप्पणी गरेका छन् ।

पोखरा लेखनाथ महानगरपालिकाको तालचोकमा आज नेपाली कांग्रेस क्षेत्र नं १ (ख) चुनाव प्रचारप्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै काँगे्रस नेता थापाले गठबन्धनले चुनाव जिते प्राप्त लोकतन्त्र नै धरापमा पर्ने चेतावनी दिए । मन्त्री थापाले प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचनमा काँग्रेसले नै जित्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्षेत्रीय समापति वृजमान गुरुङ, प्रदेश नं १ (ख) का उम्मेदवार कृष्ण केसी, सदस्य नवीन सिग्देल, काँग्रेस नेत्री सरस्वती गुरुङलगायतले कास्कीका बहुसङ्ख्यक मतदाता काँग्रेस पक्षमा नै रहेको जिकिर गरे । यस्तै महानगरपालिकाको मिरुवामा स्थापना गरिएको क्षेत्र नं १ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार शुक्रराज शर्माले लोकतन्त्र संस्थागत गर्न काँग्रेसलाई नै जिताउनुपर्ने विचार व्यक्त गरे।