राजनीति

काँग्रेस जिल्ला उपसभापति मेहतासहित दर्जनौं एमाले प्रबेश, काँग्रेसलाई ठूलो घाटा

ईनरुवा, सुनसरी । नेपाली काँग्रेस सुनसरीका उपसभापति रामप्रसाद मेहता, खानेपानी तथा सिचाई बिभागका केन्द्रिय अध्यक्ष तथा नेपाल रेडक्रस सुनसरीको संस्थापक अध्यक्ष, सुनसरीका लोकप्रिय, सरल एबं विकाश प्रेमी बरिस्ट नेता एमालेमा प्रवेश गरेका छन् ।
उनलाई एमालेका केन्द्रिय सदस्य धर्मराज निरौला लगायतका नेताहरुले पार्टी प्रवेश गराएका छन् । मेहतासँगै उनको परिवार र अन्य सय भन्दा बढी काँग्रेसी कार्यकर्ताहरु समेत एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले सुनसरीका अध्यक्ष रमेश बस्नेत सहित एमाले नेताहरु रमेश श्रेष्ठ, खेमराज पोखरेल, पोष्ट नेपाल, पर्शुराम यादव, सत्रुघन यादव, राम यादब, दुखराम यादब, लगायतको उपस्थिती रहेको थियो । एमाले प्रवेश गरेका मेहतालाई सुनसरी क्षेत्र नम्वर २ को प्रदेशसभा ‘ख’ तर्फ एमालेबाट उम्मेद्वार बनाउने सहमति भएको बताइएको छ ।

प्रदेश प्रमुख भीम आचार्य भने उक्त पार्टी प्रबेश कार्यक्रममा अनुपस्थित रहेका थिए । उक्त क्षेत्र नम्बर २ को ‘ख’ मा नेपाली काँग्रेसका सुनसरी जिल्ला पार्टी सभापति राजिव कोईराला मैदानमा छन् । सभापति कोईरालाले नै मेहतालाई मनोनीत गरेर ल्याएका थिए ।