राजनीति

लोकतान्त्रिक गठबन्धन जिताउन वकीलहरु यसरी हुन थाले सकृय

भद्रपुर । लोकतन्त्र संकटमा पर्न लागेको ठहर गर्दै बुद्धिजीवीको आइतबार भएको एक भेलाले आसन्न निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन झापावासीलाई अपिल गरेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अभियानमा निरंकुशता हावी हुने गरी गठबन्धन हुँदा लोकतन्त्र संकटमा पर्ने ठहरसहित नेपाली काँग्रेसको पक्षमा मतदान गर्न झापावासीलाई अपिल गरिएको हो ।

डेमोक्रेटिक लयर एसोसिएसन झापाको समन्वयमा चन्द्रगढीमा सम्पन्न प्राध्यापक, वकिल, निजामती कर्मचारी, पत्रकार, शिक्षक लगायतका पेशागत प्रतिनिधिले नेपाली काँग्रेस पराजित भए लोकतान्त्रिक व्यवस्था संकटमा पर्ने ठहर गरेका हुन् ।

बुद्धिजीवी पेशाकर्मीको संयुक्त भेलाले जनताको सार्वभौम अधिकार अमुक शक्ति निर्माणमा दुरुपयोग भए जनताले नै दुःख पाउने हुँदा सचेत हुन सबैमा अनुरोधसमेत गरेको छ ।

यसैगरी नेपाली काँग्रेस झापा निर्वाचन क्षेत्र नं ३ ले आसन्न निर्वाचनका लागि घरदैलो अभियान आजदेखि शुरु गरेको छ ।

भद्रपुर, हल्दीबारी र बाह्रदशी गाउँपालिकाका विभिन्न वडाबाट मतदाता भेटघाट तथा चुनाव परिचालन समिति गठन अभियान शुरु गरेको हो ।

प्रदेशसभाअन्तर्गत क्षेत्र नं ३ को ९क० ले भद्रपुर–५ बाट मतदाता भेटघाट अभियान थालेको छ भने क्षेत्र नं ३ को ९ख० ले साविक राजगढबाट अभियान थालेको हो । ९क० का प्रत्यासी भूमिप्रसाद राजवंशीले शहर र गाउँबीचको दूरी कम गर्दै समावेशी विकासका लागि मतदान गर्न मतदातासँग अनुरोध गरेका छन् ।

त्यस्तै ९ख० का प्रत्यासी भगिरथ पोद्धारले जातीय उत्पीडन र वर्गीय असमानताको अन्त्य गर्दै लोकतन्त्रान्त्रिक राज्य व्यवस्था जनताको अनुभूतिमा ल्याउनका लागि मतदातासँग मतदानका लागि अनुरोध गरेका छन् ।