पु.समाचार

चिनियाँ टोली नेपाल आउँदै

काठमाडौं । चिनियाँ रेल नेपालतर्फ विस्तारको मोडालिटीबारे छलफल गर्न उच्चस्तरीय चिनियाँ टोली सोमबार नेपाल आउँदैछ । चिनियाँ वरिष्ठ रेल–वे अधिकारी चेङ चियानको नेतृत्वमा २३ सदस्यीय टोली नेपाल आउने भएको हो ।

चेङ चीनमा रेल मामिला हेर्ने निकाय नेसनल रेल–वे एडमिनिस्ट्रेसनका उपप्रमुख हुन् । चिनियाँ टोली रसुवागढी, पोखरा र लुम्बिनी पुगेर रेल विस्तारको विषयमा अध्ययन गर्ने जनाइएको छ ।

नेपालमा रेल विस्तारको सवालमा चीनले यस अघिदेखि नै चासो देखाउँदै आएको छ । चीनले नेपालको राजधानी काठमाण्डौलाई लक्षित गरेर तिब्बतको सिगात्सेसम्म रेल यातायात विस्तार गरिसकेको छ ।