अन्तर्राष्ट्रिय

अमेरिकाको टेक्सासमा गोली चल्यो, २६ जनाको मृत्यु

एजेन्सी ।  अमेरिकाको टेक्सस राज्यस्थित सदरल्याण्ड स्प्रिङ्ग्स नगरको एउटा बाप्टिस्ट गिर्जाघरमा गोली चल्दा २६ जना मारिएका छन्।अधिकारीहरुका अनुसार आइतवार बिहानको प्रार्थना चलिरहँदा एकजना बन्दुकधारीले गोली चलाएका थिए। घटनामा करिब २५ जना घाइते भएको अधिकारीहरुले बताएका छन्।

सदरल्याण्ड स्प्रिङ्ग्सका एकजना अधिकारीले बन्दुकधारी पनि मारिएको स्थानीय सञ्चारमाध्यमलाई बताए। यद्यपि उनी कसरी मारिए भन्ने कुरा स्पष्ट भइसकेको छैन।

मृत्यु हुनेमा गिर्जाघरका ‘पास्टर’की छोरी पनि रहेको बताइएको छ। सान एन्टोनियो शहरदेखि करिब ५० किलोमिटर दक्षिण-पूर्वमा रहेको सानो नगर सदरल्याण्ड स्प्रिङ्ग्समा उक्त घटनापछि प्रहरीको बाक्लो उपस्थिति देखिएको थियो।