राजनीति

चुनाबी अभियानमा तरुण दल कास्की, जित निश्चित छ – गुरुङ

पोखरा । नेपाल तरुण दल कास्कीले आउदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाका लागि कार्य बिभाजन सहीत सम्पूर्ण तरुणहरुलाई चुनाबका लागि तयार रहन आग्रह गरेको छ। तरुण दल कास्की को आकस्मिक बैठक बोलाउदै अध्य्क्ष मनोज गुरुंगले यही मङ्सिर २१ गते हुन लागिरहेको प्रतिनिधि सभा र प्रदेश सभामा नेपाली काँग्रेसले रणनैतिक हिसाबले चुनाब लड्न लागेको र चुनाबी अभियानमा लाग्दा जस्तोसुकै परिस्थितिमा पनि आफ्ना कार्यकर्ता तथा तरुण साथीहरुलाई डटेर सामना गर्न निर्देशन दिएका छन् । उनले कास्कीमा लोकतान्त्रिक शक्तिको जित निश्चित भएको भन्दै जीतका लागि तरुण दल अग्रसार रहेको पनि बताएका छन् ।

आजकै दिनबाट तरुण साथीहरुलाई चुनाबी अभियानमा खटाइएको र चुनाब शान्त र सौहाद्रपुर्ण बातावरणमा हुने कुरामा बिस्वस्त रहेको पनि गुरुङले जानकारी दिएका छन् ।

नेपाल तरुण दल केन्द्रको परिपत्र अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेस कास्कीका प्रत्यासी सम्पूर्ण उमेद्वारहरुलाई बिजयी गराउनका लागि लाग्नुपर्ने नेपाल तरुण दल कास्की का सचीब नरेन थापाले बताए ।
तरुण दल कास्कीले प्रत्यक बुथमा ५० जना तरुण युवा परिचालन गर्ने र प्रचार प्रसार को लागि सामाजिक संजाल प्रयोग गर्ने गरि ५र५ जना युवा मार्फत सबै माझ नेपाली कांग्रेसका एजेन्डा र घोषणा पत्र र प्रतिबद्दता जनता माझ पुग्नुपर्ने भन्दै संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा नेपाली कांग्रेसको बहुमतको सरकार बनाउन लाग्नुपर्ने पनि सचीब थापाले बताए ।

त्यस्तै सोहि बैठकले विभिन्न उपसमिति हरु गठन गरेको छ । प्रचार प्रसार तथा सामाजिक संजाल संयोजक मा उत्तम पौडेललाइ जिम्बेवारी दिइएको छ । त्यस्तै क्षेत्र न १ क मा धनेश्वोर न्यौपाने ख मा राधाकृष्ण तिवारी, क्षेत्र न २ क मा पुजन थकाली ख मा मदन बस्नेत क्षेत्र न ३ क मा प्रकाश त्रिपाठी र ख मा बिकाश गुरुङ लाइ संयोजक तोकिएको छ ।

बैठकले अध्य्क्ष मनोज गुरुङ र सचीब नरेन थापाको सम्योजकतोमा तरुण केन्द्रिय पार्षद, महाधिबेशन प्रतिनिधि, क्ष्रेत्रिय समिति, प्रदेश समिति, पोखरा लेखनाथ महानगर समिति, वडा, ईकाई , पूर्णकालीन सदस्य सहीतको ५००१ रहने गरि मूल तरुण परिचालन समिति गठन गर्ने पनि बताइएको छ ।