पु.समाचार

एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच यसरी भयो कुटाकुट

दुनै, डोल्पा । डोल्पामा केन्द्रमा भएको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउदै एमाले र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच कुटाकुट भएको छ ।

चुनाव प्रचारप्रचारका क्रममा तल्लो डोल्पा पुगेका एमालेका कार्यकर्ता र माओवादी केन्द्रका स्थानीय कार्यकर्ताबीच कुटाकुट भएपछि मुड्केचुला गाउँपालिकाका युवा संघका अध्यक्ष रुद्र शाही गम्भीर घाइते भएका छन् ।

माओवादीका स्थानीय कार्यकर्ताले शाहीमाथि चिर्पट प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

अखिल क्रान्तिकारीका जिल्ला सदस्य टक्क शाहीले अध्यक्ष शाहीमाथि लुकेर आक्रमण गरेको एमाले डोल्पाको आरोप छ ।

चिर्पट प्रहार गर्ने अखिल क्रान्तिकारीका टक्क शाही प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

प्रचार टोली गाउँमा पुगिसकेपछि शाहीमाथि आक्रमण भएको एमालेले जनाएको छ ।

कुटपिटपछि गम्भीर घाइते भएका शाहीको प्रारम्भिक उपचार कालिका फेमिली अस्पतालमा गर्दा पनि होस नखुलेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।