आर्थिक

मुक्तिनाथ विकास बैंकको पर्सा शाखा समुद्घाटन”

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आईतबार चितवनको खैरहनि नगरपालिका वडा नं. ८, स्थित पर्सा शाखाको समुद्घाटन सम्पन्न गरेको छ । शाखा कार्यालय पर्साको समुद्घाटन खैरहनि नगरपालीका नगर प्रमुख लालमणी चौधरीले गरेका छन् । उक्त शाखा उद्घाटन मन्तव्यका क्रममा यस क्षेत्रमा कृषि पर्यटनको विकासका लागी वित्तीय संस्थाहरुको उपस्थिती बढ्नु खुशीको कुरा भएकोले पर्सा बासीको सदैब साथ र सहयोग रहने बताए ।
समुद्घाटन कार्यक्रममा बैकका नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोख्रेलले स्वागत मन्तब्य ब्यक्त गदै बैंकको हालको अबस्था तथा बैंकले सामाजिक उत्तरदायित्वको क्षेत्रमा विशेष जोड दिई रहेको बारेमा प्रकाश पार्नुका साथै बैंकले प्रदान गर्दै आईरहेको सेवा सुविधाका बारेमा चर्चा गरेका थिए ।
यस विकास बैंकको चितवन जिल्लामा ४ वटा शाखा सहित गरी कुल ७० वटा कार्यालयहरु पुगेका छन् । बैंकले २०७४ आश्विन मसान्त सम्म रु. १९ अर्ब ५४ करोड निक्षेप संकलन गरी रु. १६ अर्ब ८० करोड कर्जा लगानी गर्न गरेको छ । सोही अवधिमा बैंकले रु. १३ करोड ५४ लाख खुद मुनाफा गर्न सफल भएको छ ।
उक्त शाखा समुद्घाटन कार्यक्रममा पर्सा बजार र सो आसपासका व्यापारी, समाजसेवी, कृषक र स्थानीय नागरिकहरु लगायत स्थानीय बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।