आर्थिक

एनआईसी एशिया बैंकको ३ नयाँ शाखाहरु खजुरा, मगरागडी र रमाइलोमा

काठमाण्डौ । एनआईसी एशिया बैंकले ३ नयाँ शाखाहरु खोलेको छ । खजुरा गाउँपालिका वडा नं. ०३, बाँके त्यसैगरी बारबर्दिया नगरपालिका वडा नं ६, मगरागडी र कानेपोखरी गाउँपालिका वडा नं ६, रमाईलो चौक, मोर¨मा आईतबार एक समारोहका बिच समुद्घाटन भएको छ । नेपाल राष्ट्र बैंकका निर्देशक गुरु प्रसाद पाडैलले खजुरा र मगरागडी शाखाको समुद्घाटन गरेका थिए भने रमाईलो शाखाको समुद्घाटन कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्लेबाट भएको सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताए ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित ३ शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकमहानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।