आर्थिक

एन आई सीको नयाँ शाखा चेङ्गवेनीमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको नयाँ शाखा भोजपुर न.पा. वडा नं. ०७, चेङ्गवेनी चौक, स्थित भोजपुर शाखाको शनिबार एक समारोहका बिच भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले उद्घाटन गरेका छन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । भोजपुर शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकमहानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकले जनाएको छ ।