साहित्य

नेपाल भाषाका चार स्रष्टा सम्मानित

भक्तपुर । नेपाल भाषा साहित्यमा योगदान पु¥याउने चार स्रष्टालाई आज सम्मान गरिएको छ । ‘संस्कृति सम्वर्धनका लागि युवा’ नामक संस्थाले लामो समय नेपाल भाषा साहित्यमा योगदान पु¥याउने पत्रकार उदयबहादुर अमात्य र सुरेश किरण, चित्लाङ्गका संस्कृतिविद् शान्तलाल गमाल र चलचित्र निर्देशक आर्यम नकर्मीलाई सम्मान गरिएको हो । कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले उनीहरूलाई दोसल्ला ओढाएर ताम्रपत्र प्रदान गरे ।

सो अवसरमा ओमनरहरि श्रेष्ठ, केशरत्न श्रेष्ठ, पुष्परत्न तुलाधर, तेजरत्न शाक्य, भरत शम्शेरलगायतले नेपाल भाषामा हास्यव्यङ्गय रचना वाचन गरेका थिए । कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, संस्थाका संरक्षक गणेशराम लाछीलगायतले मौलिक भाषा, साहित्य र कलाको संरक्षणमा जोड दिए ।