पु.समाचार

हुम्लाका कर्मचारीले फर्कने टिकट पाएनन्

हुम्ला । दशैं, तिहार तथा छठ पर्वका अवसरमा बिदामा गएका कर्मचारीले जिल्ला फर्कन टिकट पाएका छैनन् । एक मात्र यातायातको साधन हवाइमार्ग मात्र रहेको हुम्लाका कर्मचारी अहिले नेपालगन्ज र सुर्खेतमा अड्किएका छन् ।

जिल्ला हुलाक, जिल्ला स्वास्थ्य, जिल्ला प्राविधिक, जिल्ला आयर्वेदिक, जिल्ला सिँचाइ कार्यालय, सिमिकोट गाउँपालिका, कोष तथा लेखा नियन्त्रण कार्यालय लगायतका ३२ कर्मचारी दुईदिनदेखि सुर्खेत र नेपालगन्ज विमानस्थलमा अलपत्र परेका हुन् ।

यही कात्तिक १६ गते केही कर्मचारीले तारा एयरको विमान चार्टर गरी जिल्ला आए पनि अन्य कर्मचारी भने सुर्खेत तथा नेपालगन्जमै रहेको कर्मचारीले बताएका छन् ।