राजनीति

काँग्रेसका साँसद प्रत्यासी कार्कीले भने, ‘जिते राज्यको कुनै सुविधा लिन्न’

सल्लेरी, सोलुखुम्बु । सोलुखुम्बुबाट आसन्न प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाशसिं कार्कीले चुनाव जितेर सांसद भए कुनै पनि सरकारी सुविधा नलिने बताएका छन् ।

नेपाली काँग्रेसबाट प्रदेश सभा (क) का उम्मेदवार कार्कीले आफू निर्वाचित भए सरकारबाट प्राप्त कुनै पनि सेवा सुविधा नलिने बताएका हुन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार कार्कीले आफू सफल व्यवसायी भएकाले सांसद बनेर आफ्नो लागि केही कमाउ भन्ने सोच नभएको बताए ।

आफूलाई पुग्ने सम्पत्ति आर्जन भइसकेको भन्दै उनले भने, “मेरो जीवनयापनका लागि यसै सहज छ तर बाँकी समय राजनीतिबाट जनताको सेवामा समर्पण गर्नेछु ।”

उहाले सांसदबापत प्राप्त सम्पूर्ण राज्यको सेवा सुविधा विपन्न परिवारका लागि खर्च गर्ने बताए ।