आर्थिक

रियल टाइममानै खाताखोल्नमिल्ने गरी थप २शाखा रहित बैकिङ्ग सेवा

काठमाण्डौ । माछापुच्छ्रे बैंकले बुधबार दाङ स्थित गढवा गाउँपालिका वडा नं १ कालाकाँटे र लमही नगरपालिका वडा नं ८ सतबरीयागरीमा २ शाखा रहित बैकिङ्गसेवा संचालनमा ल्याएको छ ।
बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा उतm स्थानहरुमा २ शाखा रहित बैकिङ्ग सेवा सुचारु गरेको हो । यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ६ शाखा रहित बैकिङ्ग सेवा सुचारुभईसकेको बैकले जनाएको छ । ग्राहक सेवाकेन्द्रको रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मागर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापना गर्ने, १४ जिल्लामा विपन्नवर्ग कर्जाहरु प्रदानगर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्ने जनाएको छ ।