आर्थिक

एनआई सी एशिया बैंकको नयाँशाखा पथरीमा

काठमाण्डौ । एनआई सी एशिया बैंकको नयाँशाखा पथरी शनिश्चरे नगरपालिकामा खुलेको छ । जनआन्दोलनचौक, मोर¨ स्थित पथरी शाखाका समारोहकाबिच पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राइबाट विधिवत् समुद्घाटन भएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमाएनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । पथरी शाखाको समुद्घाटनसँगै हाल यस बैंकले नेपालभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहक महानुभावहरुमा सेवाप्रदानगर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्नाग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखा संचालनगर्ने योजना अगाडि सारेको छ ।