राजनीति

प्रधानमन्त्री पदका लागि गठबन्धन गरेको होइन : अध्यक्ष ओली

विराटनगर । नेकपा (एमाले)का केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको स्थायित्वका लागि विचारधारा मिल्ने दलसँग मिलेर वाम गठबन्धन बनाएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग विचारधाराको आधारमा राजनीतिक दल स्थापना हुनुपर्नेमा अधिकांश दलहरु जनताको हितमा नभई स्वार्थका आधारमा स्थापना भएकामा चिन्ता व्यक्त गरे ।

निर्वाचनपछि प्रधानमन्त्री पद आपूmलाई दिने गरी नेकपा (माओवादी केन्द्र) सँग कुनै सहमति नभएको स्पष्ट पार्दै राष्ट्रियताको संरक्षण र मुलुकलाई समृद्धितर्फ डो¥याउने पार्टी नेकपा (एमाले) रहेको दाबी गरे।

झापा जिल्लाको क्षेत्र नं ३ मा आपूmहरुसँग राप्रपाले सहयोग माग्न आएको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले सो दललाई सहयोग गर्ने उद्देश्यले वाम गठबन्धनले सो क्षेत्रबाट उम्मेदवारी नदिने निर्णय गरेको प्रष्ट पारे ।

उनले नेकपा (एमाले) मुलुकमा लोकतन्त्रको स्थायित्व, शान्ति, सामाजिक सद्भाव कायम राख्न प्रतिबद्ध रहेको उल्लेख गर्दै कहिले पनि हिंसाको पक्षमा नरहेको स्पष्ट पारे ।

अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट आफ्नो मनोनयनपत्र दर्ता गर्न प्रस्थान गरे।