अन्तर्राष्ट्रिय

जापानको प्रधानमन्त्रीमा आबे पुनः निर्वाचित

एजेन्सी । जापानको प्रधानमन्त्रीमा यहाँको लिबरल डेमोक्रेटिक पार्टीका नेता सिन्जो आबे पुनः निर्वाचित भएका छन् । वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री समेत रहनुभएका उनी जापानको प्रधानमन्त्रीमा बुधबार पुनः निर्वाचित हुनुभएको प्राप्त समाचारमा जनाइएको छ ।

जापानको दुवै सदनले उनलाई प्रधानमन्त्रीमा बुधबार निर्वाचित गरेको हो । उनले घोषणा गरेको आम निर्वाचन हालै सम्पन्न भएको थियो ।

हालैमात्र सम्पन्न सो निर्वाचनमा उनको दल लिबरल डेमोक्रेटिक पार्टीले दुईतिहाई बहुमत हासिल गरेको थियो । गएको संसदीय निर्वाचनमा उनको दलले जापानी संसदको तल्लो सदनमा दुईतिहाई बहुमत हासिल गरेको थियो । उनलाई सोही संसदले बुधबार प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।

जापानको उक्त निर्वाचनमा उनको बिगतदेखिकै सत्तारुढ अर्को दल कोमेइतो पार्टी पनि गठबन्धनमा सामेल भएको थियो । अबको नयाँ सरकारमा पनि सो दल सहभागी हुने भएको छ ।

आबेलाई बुधबारको संसद बैठकले प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । बुधबार बसेको जापानी संसदको विशेष बैठकले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरे पनि औपचारिक रुपमा उनको नाम घोषणा हुन भने बाँकी छ ।