अन्तर्राष्ट्रिय

ब्रिटिस रक्षामन्त्रीद्वारा राजीनामा

एजेन्सी ।  १५ वर्ष अघि एक महिला पत्रकारसंग अभद्र व्यवहार गरेको आरोप लागेका ब्रिटिश रक्षा मन्त्री माइकल फालनले आफ्नो पदबाट राजीनामा दिएका छन्। बुधबार रक्षा मन्त्री फालनले आकस्मिक रुपमा आफ्नो राजीनामा ब्रिटिश प्रधानमन्त्री टरीज मे समक्ष बुझाएका थिए।

उनले राजीनामाको कारण त खुलाएनन्, तर आफ्नो व्यवहार मर्यादित नभएको स्वीकारे। फालन विरुद्ध सन् २००२ मा कन्जरभेटिभ पार्टीको सम्मेलनका बेला एउटा रात्रीभोजमा पटक पटक पत्रकार जुलिया हार्ले ब्रुअरको घुँडा छोएको आरोप लागेको थियो। तर हालै उक्त प्रकरणबारे फेरि समाचारहरु आएपछि फालन माथि दबाब बढेको थियो।