आर्थिक

आयल निगयमको जग्गा खरिद प्रकरणः अख्तियारले थाल्यो काम

काठमाण्डौ । नेपाल आयल निगम ईन्धन भण्डारण जग्गा खरिद अनियमितता विषयमा खद्यितयार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत अनुसन्धान सूरु गरेको छ । जग्गा खरिदका कागजात अध्ययन गर्दा कैफियत देखिएपछि अख्तियार टोलीले स्थलगत रुपमा प्रमाण संकलन थालेको हो ।

अनुसन्धान गरिरहेको आयोग टोलीले जग्गाधनी र स्थानीय सरोकालवालासंग पनि छलफल सुरु गरेको छ । जग्गा खरिदको विष्यमा प्रमाण जुटाउन अख्तियार टोली स्थलगत अनुगमनमा गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता जीबराज कोईरालाले बताए ।

बिहीबारको नागरिकमा लेखिएको छ, आयल निगमले किनेको जग्गाको विषयमा गहिराईमा पुगेर अनुसन्धान भईरहेकोे छ, प्रवक्ता कोईरालाले भने, आयोग टोलीले स्थलगत रुपमा प्रमाण संकलन गरिरहेको छ ।