पु.समाचार

कांग्रेसले टुंग्यायो प्रतिनिधिसभाको प्रत्यक्षतर्फका ५० प्रतिशत उम्मेद्वार, को–को परे ? (नामसहित)

काठमाण्डौ । ४५ जिल्लामा मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १२८ सिटमध्ये बुधबार रातिसम्म ५० प्रतिशत मात्र उम्मेदवार टुंग्याएको छ ।

प्रतिनिधिसभाका सबै तथा प्रदेशसभातर्फ २५६ सिटका लागि बिहीबार बिहानसम्म उम्मेदवारको टुंगो लाग्ने संसदीय समितिका एक सदस्यले जानकारी दिए ।उम्मेदवार चयन ढिलाइ हुनुमा लोकतान्त्रिक गठबन्धनसँग तालमेल मिलाउनु कारण रहेको उसले जनाएको छ ।

ती नेताले भने, ‘सिट तालमेल गरेरै उम्मेदवारी दिनु राम्रो हुने भन्दै प्रधानमन्त्रीले उम्मेदवारलाई जिल्ला पठाउन चारवटा हेलिकोप्टर स्ट्यान्डबाई राख्नुभएको छ ।’

निधिलाई मधेसवादीले समर्थन नगर्ने

कांग्रेस नेता विमलेन्द्र निधिलाई संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले धनुषा क्षेत्र नं। ३ मा नछाड्ने अडान राखेपछि लोकतान्त्रिक गठबन्धन विघटन उन्मुख भएको छ । धनुषा-३ मा निधि र सर्लाही-४ मा अमरेशकुमार सिंहलाई समर्थन गर्न फोरम नेपाल र राजपाले नमानेपछि कांग्रेस र मधेसकेन्द्रित दलबीचको तालमेल भाँडिने चरणका पुगेको हो ।

मनोनयन दर्ता गर्नु एक दिनअघि बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा कांग्रेस, राजपा र फोरमका नेताहरूको बैठक बसेको थियो । बालुवाटार बैठकमा धनुषा(३ मा विमलेन्द्र निधिका लागि उम्मेदवारी छाड्न राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई कांग्रेस नेताहरूले आग्रह गरेका थिए । महतोले आफूलाई धनुषा-३ वा सर्लाही-४ मा समर्थन गर्न कांग्रेस नेतासँग आग्रह गरेका थिए।

निधिलाई धनुषा-३ र अमरेशकुमार सिंहलाई सर्लाही-४ मा उम्मेदवार बनाएकाले अरू नै क्षेत्र रोज्न महतोलाई कांग्रेस नेताले सुझाएपछि मधेसवादी र कांग्रेसबीच उम्मेदवारीको तय हुन सकेन ।

झापा-३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई नछाड्ने अडान लिएपछि वाम गठबन्धनले लिङदेनलाई समर्थन गर्ने घोषणा गरेको थियो । बिहीबारको अन्नपूर्णमा लेखिएएको छ, राप्रपालाई कांग्रेसले सिटौलाविरुद्ध लिङदेनको उम्मेदवारी फिर्ता लिन दबाब दिएको थियो ।

झापा(३ मा कांग्रेस र राप्रपाबीच भएको लिखित सहमति विपरित कांग्रेसले उम्मेदवार उठाएको विषयमा बुधबार राप्रपा अध्यक्ष थापाले प्रधानमन्त्री देउवासँग असन्तुष्टि जनाएका थिए ।

झापा-३ मा कांग्रेसले पूर्वमहामन्त्री सिटौला र राप्रपाले महामन्त्री लिङ्देनलाई उम्मेदवार बनाएको छ। प्रधानमन्त्री देउवा र राप्रपा अध्यक्ष थापाबीच बुधबार भएको छलफल झापामा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने विषयमा केन्द्रित रहेको राप्रपा प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
प्रदेश-२ का ३२ निर्वाचन क्षेत्रमध्ये फोरमले १७ र राजपाले १५ उम्मेदवारी दिने निर्णय राजपा र फोरमबीच सहमति भइसकेकाले निधि र सिंहका लागि सिट छाड्न गाह्रो परेको राजपाका नेताहरूले बताएका छन् ।

सहमतिअनुसार राजपा शीर्ष नेतामध्ये महन्थ ठाकुर महोत्तरी-३ बाट चुनाव लड्ने भएका छन् । अध्यक्ष मण्डलका राजेन्द्र महतो धनुषा-३, शरत्सिंह भण्डारी महोत्तरी-२, राजकिशोर यादव सिरहा ४, अनिलकुमार झा रौतहट १ र जितेन्द्र सोनल बारा(४ बाट चुनाव लड्ने भएका छन् ।

कांग्रेसका उम्मेदवार

प्रदेश नं। १
इलाम १ – भूपेन्द्र कट्टेल
इलाम-२ केशव थापा
तेह्रथुम- सीता गुरुङ,
धनकुटा (राप्रपा तालमेल)
उदयपुर १ डा. नारायण खड्का
उदयपुर २ नारायणबहादुर कार्की
झापा १ विश्वप्रकाश शर्मा
झापा ३ कृष्णप्रसाद सिटौला
मोरङ १ डिकबहादुर लिम्बू
मोरङ २ डा. मीनेन्द्र रिजाल
मोरङ ३ सुनीलकुमार शर्मा
मोरङ ४ महेश आचार्य
मोरङ ५ अमृतकुमार अर्याल
मोरङ ६ डा. शेखर कोइराला
सुनसरी १ मीनबहादुर विश्वकर्मा
सुनसरी २ सीताराम मेहता
सुनसरी ३ विजयकुमार गच्छदार
सुनसरी ४ राजेन्द्रबहादुर कार्की

प्रदेश नं. २
धनुषा ३ विमलेन्द्र निधि
बारा ३ फरमुल्ला मन्सुर
पर्सा ४ रमेश रिजाल

प्रदेश नं. ३
सिन्धुली १ प्रेमचन्द्र दाहाल
सिन्धुली २ नरेन्द्रजंग थापा
मकवानपुर १ राप्रपा तालमेल
मकवानपुर २ महालक्ष्मी उपाध्याय डिना
काभ्रे १ तीर्थबहादुर लामा

प्रदेश नं. ४
नवलपरासी १ डा. शशांक कोइराला
नवलपरासी पूर्व विष्णुकुमार कार्की
तनहुँ १ रामचन्द्र पौडेल
स्याङ्जा १ राजु थापा
स्याङ्जा २ गोपालमान श्रेष्ठ
पर्वत १ अर्जुनप्रसाद जोशी

प्रदेश नं. ५
पाल्पा १ विजयराज घिमिरे
पाल्पा २ हरिप्रसाद नेपाल
अर्घाखाँची १ रामबहादुर बिसी
गुल्मी १ चन्द्रकान्त भण्डारी
गुल्मी २ चन्द्रबहादुर केसी
दाङ ३ दीपक गिरी
प्युठान १ डा। गोविन्दराज पोखरेल
बर्दिया २ गोपाल दहित

प्रदेश नं. ६
सल्यान १ राजेन्द्रबहादुर शाह
सुर्खेत १ पूर्णबहादुर खड्का
सुर्खेत २ हृदयराम थामी
दैलेख १ राप्रपासँग तालमेल
दैलेख २ शिवराज जोशी

प्रदेश नं. ७
कैलाली १ ईश्वरीदेवी न्यौपाने
कैलाली २ मोहनसिंह राठौर
कैलाली ३ रामजनम चौधरी
कैलाली ४ सुनीलकुमार भण्डारी
कैलाली ५ डा.आरजु राणा
कञ्चनपुर १ दिवानसिंह विष्ट
कञ्चनपुर २ नारायणप्रकाश साउद
कञ्चनपुर ३ रमेश लेखक
डडेलधुरा १ शेरबहादुर देउवा
अछाम १ भरतकुमार स्वाँर
अछाम २ पुष्पबहादुर शाह
डोटी १ वीरबहादुर बलायर

प्रदेश नं. ३

काठमाडौं १ प्रकाशमानसिंह
काठमाडौं २ दीपक कुइँकेल
काठमाडौं ३ अम्बिका बस्नेत
काठमाडौं ४ गगन थापा
काठमाडौं ५ डा. प्रकाशरण महत
काठमाडौं ६ भीमसेनदास प्रधान वा जिल्ला सभापति सबुज बानियाँ
काठमाडौं ७ राप्रपासँग सहमति प्रयास
काठमाडौं ८ नवीन्द्रराज जोशी
काठमाडौं ९ ध्यानगोविन्द रञ्जित
काठमाडौं १० राजन केसी