अन्तर्राष्ट्रिय

अमेरिकी, इयू निर्वाचनमा रसियाली हस्तक्षेप भएका आरोप आधारहीनः लाभरोभ

मस्को, रसिया । रसियाले सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचन तथा यूरोपियन यूनियन (इयू) को निर्वाचनमा हस्तक्षेप गरेको भनी लगाएका आरोप आधारहीन भएको भन्दै यसबारे उनीहरू कुनै प्रमाण पेश गर्न असफल भएका बताएको छ ।
मंगलबार रसियाली विदेशमन्त्री सर्गेई लाभरोभले इयूका व्यापारिक संगठनको एक बैठकका क्रममा बताए, “हामीले सवै निर्वाचनमा हस्तक्षेप गर्न गइरहेको मात्र नभै वाताबरणलाई नै धमिल्यानेतर्फ उद्दत हुने गरेको भन्ने चर्चा सुनिएको र तीनमा कुनै सत्यता छैन । ”
उनले थपे, “विभिन्न कालखण्डमा आरोप त लगाइए तर पुष्टिका लागि कसैले एउटै प्रमाणपनि पेश गर्न सकेको छैन ।”

अमेरिका तथा यसका सहयोगीले रसियामाथि केही कम्पनीलाई टाट उल्टाउन लागेको र ‘मानव सिर्जित विनाससमेतको’ आरोप लगाए तर तिनीहरूको कुनै प्रमाण नभएको वा ती फगत आरोपमात्रै रहेको उनको दावी थियो ।
अमेरिकी निर्वाचनमा रसियाली हस्तक्षेपको आरोपलाई अमेरिकामा करिब नौ महिना बहसमा ल्याइयो तर तिनीहरूको प्रमाण सार्वजनिक भएका छैनन् ।

अनुसन्धानमा अमेरिकी कँग्रेस र विशेष परिषद्मा धेरै अधिकारीले सहभागीता जनाए, अबत सञ्चारमाध्यममा सूचना चुहिने थियो ।
त्यसकारण गोपनियाता सम्बन्धि आरोप खाली बेतुकका आरोप बाहेक केही होइनन्, रसियाली नेता लाभरोभले भने ।